एक किलो सुनसहित २५ वर्षीय युवक पक्राउ

आदर्श अनलाइन, पोखरा
पोखरामा एक किलो सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेका छन् ।

गए राति पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित उनलाई पक्राउ गरिएको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त सुनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *