सुनौलो बागलुङद्वारा बरेङमा राहात वितरण

आदर्श अनलाइन, बागलुङ
सुनौलो बागलुङ संस्थाले बरेङ गाउँपालिको नयाँबजारका मिर्गौला पीडित र बाटाकाचौर लिग्दीका अति विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । साथै संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ ।

संस्था वैदेशिक विभागका कोषाध्यक्ष तथा समाजसेवी चित्र श्रीसको पहलमा संकलित आर्थिक रकम वतिरण गरिएको हो ।

No description available.

नयाँबजार निवासी मिर्गौला पीडित तेजिन्द्र बहादुर न्यौपानेलाई २० हजार नगद सहयोग गरिएको छ भने लिग्दीका देउकली बस्याल, कोपिला कार्की, शिरमाया विकको परिवारलाई चामाल, नुन, तेल, साबुन वितरण गरेको संस्थाका उपाध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।

त्यसैगरी ज्ञानोदय आधारभुत विद्यालयमा अध्यानरत गरिब तथा जेहेन्दार विद्यार्थी सन्देश थापा, सम्झना विक र अप्सरा विकलाई स्टेशनरी वितरण गरिएको प्रतेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *