निर्वाचनको मिति तोक्न भन्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

आदर्श अनलाइन, बागलुङ
स्थानीय तहको निर्वाचन तुरुन्त गर्न भन्दै अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ बागलुङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघ बागलुङकी अध्यक्ष सावित्रा रानाले संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन गराउनु पर्ने बताउनुभयो । समयमा निवार्चन नभएमा स्थानीय तह जनप्रतिनिधिविहीन हुने भएका कारण सरकारले यथा सिध्र निवार्चन मिति तोक्नु पर्नेमा जोड दिनुभयो ।

संविधानको धारा २ सय १५ र २ सय १६ ले गाउँ/नगरपालिकाको अध्यक्ष/ प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको बताउनभयो ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सम्बन्धीत प्रक्रिया पुरा गरेर प्रधानमन्त्री समक्ष पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *