अनेरास्ववियु बागलुङले स्थानीय निर्वाचन समयमै गर्न ज्ञापन पत्र बुझायो

आदर्श अनलाइन, बागलुङ
अनेरास्ववियु बागलुङ जिल्ला कमिटिले स्थानीय निर्वाचन समयमै गर्नका लागि सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत स्थानिय तहको सयम अवधी सकिनै लाग्दा सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोकेको भन्दै यथा सिघ्र मिति तोक्न ज्ञापन पत्र बुझाएको अनेरास्ववियु बागलुङ जिल्ला कमिटिका अध्यक्ष रोशन कुंवरले बताउनुभयो ।

परमादेशी सरकारलाई ‘स्थानीय तहको निर्वाचन समयावधि भित्रै गर, लोकतन्त्र र संविधान को रक्षा गर’ भन्ने मुल नारा सहित स्थानीय निर्वाचन समयमै गर्न हार्दिक अपिलका साथ आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र बुझाएका अनेरास्ववियुका सचिवालय सदस्य रोशन जिसीले जानकारी दिनुभयो ।

No description available.

संविधानको धारा २ सय १५ र २ सय १६ ले गाउँ÷नगरपालिकाको अध्यक्ष÷ प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको भन्दै समयमा निर्वाचन नभए स्थानीय तह रित्त हुने कुवंरले बताउनभयो । उहाँले स्थानीय तहको ५ वर्ष पुग्नु अगाबै नयाँ जनप्रतिनिधी निर्वाचित हुनु पर्ने भन्दै समयमा निवार्चन नगरेर स्थानीय तह जनप्रतिनिधी विहिन बनाउने कार्य संविधान बिपरीत भएको भन्दै सरकारको गम्भीर रुपमा ध्यानकार्षण गरेको बताउनु भयो ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सम्बन्धीत प्रक्रिया पुरा गरेर प्रधानमन्त्री समक्ष पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *