सम्झौता अगावै निर्माण भयो ताराखोलाको प्रशासनीक भवन

खगेन्द्र विश्वकर्मा, ताराखोला

ताराखोला गाँउपालिको सिंहदरबार निर्माण सकिएको छ । ठेक्का सम्झौता मिति अगाडीनै सुबिधा सम्पन्न प्रशासनीक भवन बनेको ताराखोला गाउँपालिकाले जनाएको छ ।

५ करोडको लागतमा निसान/आचार्य/वि .के जेवी निर्माण कम्पनीले सम्झौता मिति अगाडी नै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधा सहित अपाङ्ग मैत्री प्रशासकीय भवन बनेको हो ।

नेपालमा संघीयता लागु भएको ५ बर्षमा स्थानीय सरकार संचालनमा प्रशासकीय भवनको विभिन्न समस्या झेल्दै आएका छन् । प्रशासनिक शाखा कार्यालयहरु सार्वजनिक भवन तथा निजी भवनबाट भाडामा कार्य सम्पादन गर्दै आएका छन् । ताराखोला गाँउपालिकाले साविक अर्गल गाविसको भवनबाट कार्य सम्पादन सूरुवात गरेको थियो । भवनलाई स्तर उन्नती गरि प्रशासनिय कार्य सम्पादन गर्दै आएको थियो ।

आर्थिक बर्ष २०७८/७९को आर्थिक बजेटबाट गण्डकी प्रदेश सरकारको ६० प्रतिशत अनुदान र स्थानीय सरकार ताराखोल गाँउपालिकाको ४० प्रतिशत बजेट गरी ५ करोड लागतमा भवन ठेक्का प्रक्रियाबाट भवन निर्माण सुरु गरेको थियो ।

निसान/आचार्य/वि.के जेवी निर्माण कम्पनीले २०७७ असार २० गते कम्पनीले ५ करोड १० लाख ७ हजारमा कार्य सक्ने गरी सम्झौता गरि काम शुरु गरेको थियो । २०७९ असार २० गते सम्पन गर्नुपर्नेमा ६ महिना अगाडिनै भवन निर्माण सकि यहि माघ महिना भित्र गाँउपालिकालाई हस्तान्तरण गर्ने निर्माण कम्पनीका प्रतिनिधि ओमप्रकास घर्तीले बताउनु भयो ।

उहाँका अनुसार हाल भवनको ९९ प्रतिशत काम सकिएको छ । भवनको सुरुमा ३ सय जना क्षमताको हल रहेको छ । ग्राउण्ड फलरमा योजना शाखा, आईटि शाखा,प्राविधिक शाखा,राजस्व,लेखा र स्टोर रहने छ । पहिलो तला, पहिलो तलामा ७ कोठा रहेका छन् जसमा आधारभुत कक्ष रहनेछ । जसमा उपाध्यक्ष कक्ष,कानुनी कक्ष,सार्वजनिक कक्ष,पुस्तकालय, सुरक्षा कक्ष अध्यक्ष कक्ष र प्रशासकीय अधिकृत कक्ष रहने गाँउपालीका ले जनाएको छ ।

जसमा महिला पुरुष शौचालय र ३ वटा यट्याच बाथरुम रहेका छन् । दास्रो तला, भवनको दोस्रो तलामा पनि ७ कोठा रहेका छन् जसमा २ वटा वेडरुम १ वटा किचन लगायत रहेका छन् ।

तेस्रो तलामा पनी कोठा र ट्स्स रहेको छ । प्रत्येक तलामा ३ सय लिटर क्षमताको सोलार तातोपानी सुविधा रहेको छ । चार तलामा गरि भवन १३ हजार स्वायर फिटमा फैलिएको छ ।
भवनमा थ्रि फेज लाईन जडान छ । भवनमा २५ घनमिटरको सेफ्टि ट्याङ्की रहेको छ । ३ वटानै तलामा पुग्ने गरि लिफ्ट सुविधा रहेको छ । १ पटकमा ६ जना चढ्न मिल्ने लिफ्ट अहिलेको अत्यन्तै अआधुनिक लिफ्ट भएको र त्यसको मूल्य ३५ लाख परेको बताउनुभयो । भवनको मोहडामा स्थानीय स्लेट ढुड्डा प्रयोग गरिएको छ । झ्याल ढोकामा सालको काठ प्रयोग भएको छ ।

भवन निर्माणमा गुणस्तरमा कुनै सम्झौता नगरेको निर्माण कम्पनीको दावी छ । भवन निर्माण कम्पनीले अहिले सम्म २ करोड ८० लाख भुक्तानी लगी सकेको छ ।

भवन निर्माणमा गा पा अध्यक्ष, प्रशासकीय अधिकृत तथा सरोकारवालाको भरपुर सहयोग गरेको निर्माण कम्पनीले बताएको छ । भवनको डिजाइन न्यु पलानेट ईन्जिनियरीङ सर्भिसेज प्रा लि काठमाडौले गरेको थियो ।

भवन यहि माघ महिना भित्रमा हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको १३ महिनासम्म टुटफुटलाई पुन सुसज्जित गर्ने बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *