आदर्श अनलाइन, काठमाडौं
पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८४ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकामा १ हजार ९०७ संक्रमित थपिए
यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १,४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३३४९, झापामा १४१, मोरङमा १२१, रुपन्देहीमा ७३, सुनसरीमा ६४, चितवनमा ५८, सिरहा र नुवाकोटमा ५७/७ जना, कैलालीमा ५५ र काभ्रेपलाञ्चोकमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सिन्धुपाल्चोकमा ४३, धनुषामा र दाङमा ३९/३९ जना, स्याङ्जामा ३५, मकवानपुरमा ३४, कञ्चनपुरमा ३०, तनहुँमा २९, बाँकेमा २९, बागलुङमा २७ र पाल्पामा २२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।