एमालेको बैठक बुर्तिबाङमा सम्पन्न : पार्टी सचिवालय गठन र विभिन्न विभागीय जिम्मेवारी प्रदान

खेमराज अर्याल, बुर्तिबाङ

नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटीको पुर्ण बैठक बुर्तिबाङमा सम्पन्न भएको छ । पार्टी केन्द्रिय कमिटि उप–महासचिव एवं गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ केन्द्रिय कमिटी सचिव एवम पुर्व कृषि तथा भूमिसुधार मन्त्री पद्मा अर्याल लगाएतको उपस्थितीमा आज सम्पन्न दुइ दिने बैठकले जिल्ला कमिटिमा सदस्यहरु मनोनयन गरेको छ ।

जसअनुसार जित बहादुर काउचा, यमीकला थापा, खगेन्द्रमान बुढा, दिलिप थापा, रुद्र बहादुर पुन क्षितिज, नरबहादुर क्षेत्री, भिम बहादुर चन्द, सन्तोष पोख्रेरल, हिरा बहादुर विक , चित्र बहादुर भण्डारी, सरिता विक, सिता बोगटी , रुद्र बहादुर केसी, कृष्ण गौतम, आनन्द आचार्य , गोविन्द खड्का, मन बहादुर लामिछाने , खडक बहादुर पुन, झबिन्द्र बुढाथोकी, छेला नेपाली , नन्दे सुनार र जमुना शर्मा ढकाल मनोनित हुनु भएको छ ।

यस्तै वैठकबाट जिल्ला कमिटि सचिवालय गठन गरीएको छ । जिल्ला कमिटि सचिवालयमा हिरा बहादुर केसी, लक्ष्मण पुन , विष्णु भुषाल, गणेस बहादुर थापा मगर, डम्मर श्रीस, विष्णुप्रसाद शर्मा, खुम बहादुर भण्डारी, करमति पुन, बिनाकुमारी थापा, यमुना राना मगर, बिर बहादुर विक, ढाल प्रसाद शेरचन, अमर बहादुर थापा , रुद्र प्रसाद पौडेल, नेत्र विष्ट, प्रेम बहादुर जीसी, पवित्रा रोका, याम बहादुर श्रीस थापा, कोपिला खरेल सापकोटा, चित्रकला छन्त्याल श्रीस, सरस्वती खड्का परियार, सुजाता नेपाली घमाल हुमादेवी खड्का सम्पन्न श्रेष्ठ, पुनम प्रसाद शर्मा, फरेन्द्र थापा , राजन पाइजा गणेस कुमार थापा, र खिम बहादुर थापा रहनु भएको छ ।

यस्तै वैठकले विभिन्न विभागिय जिम्मेवारी प्रदान गरेको छ । जसअनुसार पार्टीको स्कुल विभागको जिम्मेवारी हिरा बहादुर केसी, अर्थ तथा योजना विभाग लक्ष्मण पुन, आर्थिक विभाग विष्णु भुषाल, संगठन विभाग गणेश बहादुर थापा, मोर्चा संगठन विभाग डम्मर श्रीस, प्रचार विभाग चन्द्र गणेस शर्मा, स्थानिय विकास विभाग अम्मर बहादुर थापा , उद्योग वाणिज्य विभाग पुनम प्रसाद शर्मा, न्याय तथा कानुन विभाग खिम बहादुर घर्ती, पर्यटन प्रवर्दन विभाग खिम बहादुर थापा र फरेन्द्र थापा लगाएतलाई विभागि जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले पालिका स्तरको बैठक एवं बाँकी रहेका अधिवेशन एकै दिन माघ २९ गते गर्ने , वडाको वैठक तथा अधिवेशन फागुन पहिलो हप्ता भित्र गर्ने, जिल्लाभर सम्पुर्ण टोलकमिटि गठन पागुन २१ गतेभित्र, जनप्र्रतिनिधिसंग अन्र्तक्रिया फगुन मसान्तभित्र गरिसक्ने र प्रदेश सभा निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम फागुन मसान्त भित्र गर्ने निणय गरेको छ ।

यसबाहेक विभिन्न फाँट, भुगोल अनुसार जिम्मेवारी तोकिएको जनाइएको छ भने जिल्ला भर संगठित सदस्यता नविकरण र जनसंगठनको काम र सदस्यता विस्तारको निर्णय गर्दै बैठक सम्पन्न भएको एमाले जिल्ला कमिटि अध्यक्ष हिरा बहादुर केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *