सापकोटाको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना

कमल पौडेल, खर्बाङ

बडिगाड गाउँपालिका वडा नम्बर २ हाँडिखोला निवासी स्वर्गीय जमुना सापकोटाको स्मृतिमा सरस्वती प्राथमिक विद्यालयको लागि अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय सापकोटाका छोरा रामु सापकोटा, छोरीहरु विष्णु, प्रिन्सी, मन्जु, सरिता र सृष्टिले आमाको प्रथम वार्षिकीको अवसरमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक यादुलाल खरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुमाकान्त पोखरेललाई स्वर्गीय जमुनाका श्रीमान् टेकनारायण सापकोटाले १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो रकमबाट वार्षिक रुपमा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विद्यालयको कार्यमा खर्च गर्ने गरि विद्यालयलाई रकम हस्तान्तरण गरिएको परिवारले जनाएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ का विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सापकोटाको गत वर्ष निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *