बडिगाडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते


हेम विश्वकर्मा, बागलुङ
मध्यपहाडी राजमार्ग अन्तर्गत बडिगाड गाउँपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । बडिगाड हुँदै निसिखोलातर्फ जाँदै गरेको लु ५१ प ५८५२ नम्बरको मोटरसाइकलले बडिगाड–६ को एक्लेखेत नजिकै पैदलयात्री वडा नं ६ ठुलाबेसीका १३ बर्षिय अन्जान थापालाई ठक्कर दिँदा दुर्घटना भएको हो । उनको खुट्टाको साँप्रा र टाउकोमा गम्भीर चोट लागेको छ ।

यस्तै मोटरसाइकलको पछाडी बसेका निसिखोला–३ का २६ बर्षिय नवीन चन्द पनि गम्भीर घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको प्रहरीचौकी खाराका असही गुरूप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

घाइते दुवै जनाको अवस्था गम्भिर रहेकाले स्थानिय बडिगाड पोलिक्लिकमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको स्थानिय बुद्ध पाण्डेले जानकारी दिनुभयो । मोटर साइकल चालक निसिखोला गाउँपालिका ३ का लोक बहादुर चन्दको अबस्था भने सामान्य रहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *