विद्यामन्दिरको ८१ औं वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङको ८१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले बिबिध कार्यक्रम गरेर ८१ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको सोमबार आयोजित मुल समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले यस विद्याल जिल्लाकै फकर र नमुना विद्यालयको रुपमा परिचित हँन आवश्यक रहेको बताउनुभयो ।

सदरमुकाममा रहेको र जिल्लाकै पुरानो विद्यालय भएकाले सरकार र शिक्षासेवी सबैको ध्यान जाने भन्दै पौडेलले सरकारले गरेको लगानी अनुसारको जनशक्तिउत्पादनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । भौतिक संरचनाको अभाव पूर्तीका लागि स्थानीय सरकारको पनि सहभागिता रहेको स्मरण गर्दै पौडेलले स्थानीय स्तरमा आवश्यक जनशक्तिको उत्पादनमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद शर्माले शिक्षकको मेहनत, प्रधानाध्यापकको प्रशासन, बिद्यार्थीको सिकाई, व्यवस्थापनको सकृयता र अभिभावको चासोका कारण गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने बताउनुभयो ।

बिद्यालयले हरीलक्ष्मी नारायण स्मृति कोष लगायतका बिभिन्न अक्षयकोषहरुबाट विद्यार्थीलाई छात्राबृत्ति तथा पुरस्कार प्रदान गरेको थियो । त्यस्तै अभिभावक, शिक्षक र कर्मचारीलाई समेत सम्मान गरिएको थियो । बार्षिकोत्वको अबसरमा आयोजित बिभिन्न कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको प्रधानाध्यापक शान्तमणी ढकालले बताएको छ ।

उहाँले बार्षिक आयव्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य पारक केसी इन्द्र, शिक्षासेवी लालचन्द्र राजभण्डारी, देव बहादुर श्रेष्ठ,विश्वनाथ रेग्मी, तिर्थ प्रसाद श्रेष्ठ, डिल्लिराज गौतम, इश्वर राजभण्डारी, राजन शर्मा, डियर बाबु हमाल र पूर्व शिक्षक चयनदेवी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङले आगामी शैक्षिक सत्रसम्ममा २ हजार विद्यार्थी र सुविधा सम्पन्न पठनपाठन सञ्चालन गर्ने घोषणा गरेको छ । सोमबार आफ्नो ८१ औं बार्षिकोत्सवको मुल समारोहमा कार्योजना प्रस्तुत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले आगामी एक बर्षमा विद्यामन्दिर जिल्लामानै सबैभन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने विद्यालय बन्ने दावी गर्नुभएको छ । हाल विद्यालयमा कक्षा १ देखि १२ सम्म १ हजार ३ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीलाई शैक्षिक सामग्रीको अभाव हुन नदिने, कम्तिमा ५० जना बिपन्न परिवारका बालबालिकाका लागि बिद्यालयमानै खानाको व्यवस्था गर्ने, अंग्रेजी माध्याममा पठनपाठन गराउने, आधारभुत तहको स्वास्थ्य सेवा विद्यालयमानै उपलव्ध गराउने देखि न्यानो कपडा उपलव्ध गराउनेसम्मका योजना अध्यक्ष शाक्यले प्रस्तुत गर्नुभयो । कार्यक्रम विद्यालयका शिक्षक छविरमण रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *