सेती खोँचमा अड्किएका युवकको ५ घण्टामा उद्धार

आदर्श अनलाइन, पोखरा
पोखराको सेती नदी खोचमा अड्किएका एक युवकको घाइते अवस्थामा उद्धार भएको छ ।

पोखरा महानगरपालिका १५ ढुङ्गे साँघुस्थित सेती नदीको खोँचबाट ३७ वर्षीय भीम बहादुर तामाङलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले ५ घण्टा लगाएर उद्धार गरेको हो ।

सिन्धुपाल्चोक जिल्ला घर भई हाल पोखरा -१० अस्पताल चोक बस्दै आएका तामाङ बुधबार नदीको खोँचमा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार घाइते तामाङलाई उद्धार पश्चात उपचारको लागि अस्पताल पठाइएको छ । तामाङको अनुहार र सरीरमा चोट देखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *