इनारमा खसेर १३ जना महिला र बालिकाको मृत्यु

आदर्श अनलाइन, काठमाडौँ
भारतको कुशीनगरमा १३ जना महिला र बालिकाको इनारमा खसेर मुत्यु भएको छ ।

विवाहको विधिका लागि इनारमाथि जालीमा पुजा गर्न बसेको १३ ती महिला र बालिकाहरुको जाली भाँच्चिदा मृत्यु भएको हो । यसका साथै दर्जनौं घाइते भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

दुर्घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले गाउँका बासिन्दाको सहयोगमा १३ जनाको शव कुवाबाट निकालिएको थियो ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गदै मृतकका परिवारका लागि २ लाख र घाईतेका लागि ५० हजार दिने घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *