ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

आदर्श अनलाइन, पोखरा
ज्यान मार्ने उद्योग/चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका-५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । २०५३ साल वैशाख २ गते आँधिखोला गाउँपालिका वडा नं -५ बस्ने बल बहादुर बोगटीलाई सुवेदीले वियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाएर पैसा समेत चोरेर लगेको अभियोग थियो ।

घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले सुवेदीलाई ५ वर्ष कैद सजाय तोकेकोमा त्यसपछि सुवेदी फरार रहँदै आएका थिए।

फरार उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट बुधबार फेला पारी पक्राउ गरेको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *