देशभरको मौसम सामान्यतया सफा

आदर्श अनलाइन,काठमाडौँ
देशभर मौसम सामान्यतया सफा रहेको छ। आइतबार बिहान तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *