आदर्श अनलाइन, बागलुङ
रोटरी क्लव अफ बागलुङले जिल्लाका विभिन्न ठाउँमा रहेका शारिरिक अपांगता भएकाहरुलाई ह्वील चियर वितरण गरेको छ । क्लवले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाका शारिरिक अपांगता भएका चार जना व्यक्तिहरुलाई ह्वील चियर वितरण गरेको हो ।
क्लवका अध्यक्ष सञ्जय श्रेष्ठ सहितको समुहले अपांगता भएका व्यक्तिका अभिभावकलाई ह्वील चियर हस्तान्त्रण गरेका थिए । बागलुङ नगरपालिका–१३ पैञ्युपाटाका टेक बहादुर क्षेत्री, जैमिनी नगरपालिका–८ छिस्तीका शिव शर्मा पौडेल, निसीखोला गाउँपालिका–१ की पंचहिल परियार र रामरेखा आधारभुत विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीलाई उपलव्ध गराउने गरिविद्यालयका लागि १ थान ह्वील चियर बितरण गरिएको हो ।
‘सामाजिक संस्था भएकाले सामाजिक उत्तरदायीत्व बोध गरेर आन्तरीक स्रोतबाट हामिले ह्वील चियर वितरण गरेका हौं’ अध्यक्ष श्रेष्ठले भने ‘अहिलेका लागि निकै समस्या भएकालाई मात्रै उपलव्ध गराएका छौं, यो अभियान हो जारी रहन्छ ।’
कार्यक्रममा उपस्थित सबैलाई आन्तरीक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शालिकराम शर्माले कर सम्बिन्धि जानकारी गराएका थिए । नेत्रलाल न्यौपानेको स्वागत र नारायण प्रशासन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालकृष्ण शर्माले बोलेका थिए ।