पोखरामा इतिहासकै बाक्लो असिना पानी, यातायात ठप्प

पोखरा ।
आइतबार दिउँसो पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको छ । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको छ । गुडिरहेका बसहरु रोकिएका छन्, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका छन् । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका छन् । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हाे। असिनाले जनजीवन साथै व्यापार व्यसाय प्रभावित परेको छ ।


बाटाेमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ ।
अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका छन्। त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको स्थानीयले जनाएका छन् । यसरी असिना परेको पहिलो पटक भएको स्थानीयहरुले बताएका छन् ।


असिना पानिले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानिले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *