आदर्श सञ्चार र लघु उद्यम सहकारी बीच एकीकरण हुने

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बानपा–२ र लघु उद्यम हातेमालो सहकारी संस्था लिमिटेड बानपा–३ बीच एकीकरण हुने भएको छ । दुवै संस्थाद्वारा गठित एकीकरण कार्यदलको आइतवार सम्पन्न संयुक्त वैठकले दुई संस्थाबीच एकीकरण गर्ने निर्णय गरेको हो ।

आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) र लघु उद्यमी हातेमालो सहकारी संस्थाका अध्यक्ष फुल कुमारी थापाले एकीकरण सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

दुई सहकारी संस्थालाई एकीकरण

No description available.

गरी थप व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि एकीकरण प्रक्रिया अगाडि बढाइएको लघु उद्यम हातेमालो सहकारी संस्थाका अध्यक्ष फुल कुमारी थापाले बताउनुभयो ।

एकीकृत संस्थाका रुपमा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड मार्फत सदस्यहरुका बीच कारोबार सञ्चालन गर्ने सहमति भएको छ । सहकारी ऐनको व्यवस्था अनुसार एकीकरण प्रक्रिया अगाडि बढाउनका लागि सम्बन्धित कार्यालयबाट एकीकरण अनुमतिका लागि अनुरोध गर्ने निर्णय वैठकले गरेको छ ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाले गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट र लघु उद्यम हातेमालो सहकारी संस्थाले बागलुङ नगरपालिकाबाट एकीकरणका लागि अनुमति लिएपछि थप प्रक्रिया अगाडि बढाइने आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाले यस भन्दा पहिला रेश बहुउद्देश्यीय सहकारी संस्था र ओम बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरिसकेको छ । संस्थाको गत मंसिरमा सम्पन्न १५ औं वार्षिक साधारणसभाले यस आर्थिक वर्षमा १० वटा सहकारी संस्थासंग एकीकरण गर्ने निर्णय गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थामा हाल ३ हजार ३ सय शेयर सदस्य रहेका छन् । लघु उद्यम हातेमालो सहकारी संस्थासंग एकीकरणपछि सस्थामा ३ हजार ५ सय जना शेयर सदस्य रहने सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *