पहाडी भू-भागको मौसम सामान्य बदली

आदर्श अनलाइन, काठमाडौँ
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज पहाडी भू-भागको केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। राति पहाडी भू-भागमा सामान्य बदली हुनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि (मंगलबार) पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ।

पर्सि (बुधबार) पनि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *