बागलुङ सेवा समाज कतारको १२ औं अधिवेशन मार्चमा

आदर्श अनलाइन, दोहा

बागलुङ सेवा समाज दोहा कतारले १२ औं अधिवेशन आगामी मार्चमा हुने भएको छ । समाजले वनभोजसहित सहानिया स्थित अलदोसरी पार्कमा मार्च महिनाको ११ तारिख शुक्रबार अधिवेशन गर्ने भएको हो ।

गत डिसेम्बरमा सम्पन्न भेलाले मार्च ११ मा आगामी २०२२/२०२४ कार्यकालको लागि नेतृत्व चयन सहित वनभोज कार्यक्रम गर्ने निर्णय गरेको समाजका अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो । साथै भेलाले अध्यक्ष पौडेलको संयोजकत्वमा ५५ सदस्यीय अधिवेशन आयोजक मुल समिति गठन गरेको छ ।

बागलुङवासीको चाहना शान्त र समृद्ध स्वदेशको कामना भन्ने मुल नारा सहित सन् २००५ मा स्थापना भएको संस्था विगत १७ वर्षदेखि सामाजिक काममा सक्रिय रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *