जनकल्यण आधारभूत विद्यालयको ४५ औं वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशको जनकल्यण आधारभूत विद्यालयको ४५ औँ वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै वडा सदस्य मुक्तराम थापाले विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग भएको बताउनुभयो । उहाँले विद्यालय र विद्यार्थीको शिक्षक विकासको लागि अभिभावकहरु पनि जागरुक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य डम्मर बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष तेजेन्द्र शर्मा र अभिभावक विर बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा ५० हजार रुपैयाँको विदान कार्की स्मृति कोषको अक्षयकोष स्थापना गरिएको छ । कार्कीका मामामाईजु राम बहादुर जिसी र अञ्जु जिसीले स्थापना गर्नुभएको अक्षयकोषबाट हरेक वर्ष विद्यालयका विपन्न जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण थियो भने विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक जिसीले प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर थापा (काजु)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षक लक्ष्मण थापा र संचालन शिक्षक विष्णु प्रसाद गौतमले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *