गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ ।

विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

“बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु-याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ”, उनले भनिन् । समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ । समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको पुनले बताइन् ।

गाउँपालिकाले काठमाडौँबाट रु १२ लाखमा एम्बुलेन्स खरिद गरेको जनाएको छ । गाउँपालिकाले दुई वर्ष अघि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएको थियो । कार्यपालिका बैठकमार्फत कार्यविधि निर्माण र समिति गठन गरी गाउँपालिकाको मातहतमा रहने गरी एम्बुलेन्स सञ्चालन गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *