आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गलकोट वडा नम्बर ६ हरिचौर वडा कमिटीको आयोजनामा दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले आसन्न स्थानीय तह निर्वाचन केन्द्रीत भएर पार्टीका गतिविधी गाउँ–गाउँ सम्म पु¥याउँन सबैलाई आग्रह गर्नुभएको थियो ।
अध्यक्ष केसीले गलकोट नगरपालिकामा एमालेलाई पहिलो पार्टी बनाउँनको लागि नगर कमिटी, वडा कमिटी र जनसंगठन लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले गलकोट नगरपालिकामा पार्टी सदस्यता विस्तार र जनसंगठन निर्माण गर्ने कामलाई तत्काल अगाडी बढाउन पनि नगर कमिटी र वडा कमिटीलाई आग्रह गर्नुभएको छ ।
बैठकमा नेकपा एमाले जिल्ला कमिटी बागलुङका उप–सचिव डम्मर श्रीष, जिल्ला सचिवालय सदस्य फडिन्द्र थापा, जिल्ला कमिटी सदस्य श्याम लाल विक, गलकोट नगर कमिटी अध्यक्ष पूर्ण काउचा, कृष्ण श्रीष, कमला श्रीष लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैठक वडा कमिटी अध्यक्ष मिलन न्यूरेको अध्यक्षता, उपसचिव गगन विश्वकर्माको सञ्चालन तथा नगर कमिटी सल्लाहकार कमला श्रीषको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।