नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा एमसिसी सम्झौताका विवादित सर्त खारेजीको माग

आदर्श अनलाइन, दोहा
नेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय समिति कतारले एमसिसी सम्झौतामा भएका केही शर्तहरु खारेजीको माग गर्दै नेपाली राजदुतावास कतारमा ज्ञापनपत्र बुझाएको छ ।

मञ्चले बुधबार ज्ञापनपत्र बुझाउदै एमसीसी परियोजनाका केही सर्तहरू नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमान तथा पञ्चशील सिद्दान्तको मान्यता विरुद्दमा रहेको भन्दै सम्झौताबाट असमान बुँदा खारेजीको माग गरेको हो ।

कतार स्थित नेपाली राजदुतावासका कार्यवाहक राजदुत लक्ष्मण खनाल मार्फत बुझाएको ज्ञापन पत्रमा एमसीसी सम्झौतामा नेपालको कानुन, संविधान, सम्प्रभुता र राष्ट्रियता प्रति गम्भीर आँच आउने गरि संसदबाट अनुमोदन हुनुपर्ने लगाएतका शर्त राखीएकोमा आपत्ति प्रकट गरिएको छ ।

साथै ज्ञापनपत्रमा नेपालमा थुप्रै मित्र राष्ट्रसंगै अमेरिकि सरकारले पनि विभिन्न सहयोग परियोजना सन्चालन गरि रहेको भए पनि एमसिसी सम्झौतामा थुप्रै असमान शर्तहरु रहेकोले यथास्थितिमा लागु नगर्न माग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *