मगर दिवसमा गल्याङमा सार्वजनिक बिदा

आदर्श अनलाइन, स्याङ्जा
जिल्लाको गल्याङ नगरपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

मगर दिवसको अवसरमा सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताए । विज्ञप्ती जारी गर्दै उनले सार्वजनिक बिदा दिएका हुन् ।

यसअघि नेपाल मगर संघ राष्ट्रिय मगर दिवसमा सार्बजनिक विदा दिन माग गर्दै नगरप्रमुख भुपराज अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

जवाफमा नगरप्रमुख अधिकारीले मगर समुदायको धेरै जनसंख्या रहेको गल्याङ नगरपालिकामा सार्वजनिक बिदा दिन आफु प्रतिबद्व रहेको बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *