सुस्त मनःस्थिति विद्यार्थीलाई सहयोग


–आदर्श अनलाइन, बागलुङ
सुस्त मनःस्थिति विद्यार्थीहरुले अध्ययन गर्दै आएको बागलुङ बिशेष बाल कक्षा प्रावि उपल्लाचौरलार्ई शैक्षिक सामाग्री र न्यानो कपडा सहयोग गरिएको छ ।

महाशिवरात्री २०७८को पावन अवसरमा राधा माधव समिति बागलुङले विद्यालयका ३५ विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको हो ।

सहयोग कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ बिशेष बाल कक्षा प्राविका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले सबैको सहयोगका कारण अहिले विद्यालयमा ठूलो परिर्वतन आएको बताउनुभयो ।
उहाँले अहिले फरक क्षमता भएका विदाथीृहरुले मात्रै पढ्दै आएको विद्यालयमा भौतिक सेवा सुविधा थपिएको र विद्यार्थीहरुले आवसीय सुविधा पाएको बताउनुभयो । विद्यालयलाई ३५ थान स्विटर र टोपी, कापी र खाजा खाने सामाग्री हस्तान्तरण गरिएको राधा माधव समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम राधा माधव सेवा समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको अध्यक्षता, प्रेम प्रसाद पौडेलको स्वागत मन्तव्य तथा राधा माधव सेवा समितिका सचिव दिपक कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *