बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम


आदर्श अनलाइन, बागलुङ

बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणस्थान बागलुङले एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम शनिवार सम्पन्न गरेको छ । संस्थाको बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा सेवा केन्द्रका सञ्चालक तथा शेयर सदस्यहरुका लागि सञ्चालित तालिममा सहकारीमा वित्तीय साक्षरताको महत्व लगायतका विषयमा जानकारी गराइएको थियो ।
सहकारी व्यवसायलाई सदस्य केन्द्रीत बनाउदै संस्थामा आवद्ध शेयर सदस्यहरुलाई वित्तीय रुपमा सक्षम बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले जानकारी दिनुभयो ।

सहकारीमा वचत गर्नका लागि खर्च कटौती र आम्दानी वृद्धिका लागि गर्न सकिने उपायहरु, आम्दानी कसरी बढाउने र खर्च कसरी घटाउने लगायत वित्तीय साक्षरताको महत्वका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

सहकारीका सदस्यहरुको जीवनशैली सहज र कम खर्चिलो बनाउनका लागि सहकारीले योजना बनाएर काम गर्नु पर्नेमा जिसीको जोड थियो ।

तालिममा संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्य गरी ५० जनाको सहभागिता रहेको थियो ।
तालिमको शुभारम्भ बागलुङ नगरपालिका वडा न. १३ का वडा अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण पक्ष भएकाले प्रभावकारी रुपमा सहकारीलाई सञ्चालनका लागि सहकारी शिक्षा आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बलेवा एकता साकोस पैयुपाटा सेवा केन्द्रका अध्यक्ष प्रेम बहादुर रोकाको अध्यक्षता, उपाध्यक्ष एकनाथ शर्माको स्वागत र सचिव कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *