अनेमसंघ बानपाको सम्मेलन सम्पन्न


रोहन जिसी, बागलुङ

नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ बागलुङ नगर कमिटिको सम्मेलन शनिवार सम्पन्न भएको छ ।

सम्मलेनको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सासद मन कुमारी केसी जिसीले महिलालाई आर्थिक रुपमा सवल र सामाजिक रुपमा सक्षम बनाउनका लागि राजनीतिमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।



मुलुकको राजनीतिक संघर्षमा महिलाहरुको नेतृत्व, सहभागिता र सहकार्य सदैव सक्रिय रहेको भन्दै उहाँले गणतन्त्रमा महिलाको सहभागितासंगै प्रभावकारितामा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा राना, गण्डकी प्रदेश कमिटि सदस्यहरु गीता शर्मा, भीमा अधिकारी र हुमा कुमारी जिसी (अञ्जु), जिल्ला कमिटि सचिवालय सदस्य हुमा खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।



भेला अखिल नेपाल महिला संघ नगरकमिटिका अध्यक्ष लक्ष्मी बोहोराको अध्यक्षता, रत्न खड्काको स्वागत र सरस्वती शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मेलनबाट रत्न खड्काको अध्यक्षतामा ३५ सदस्य अखिल नेपाल महिला संघ बागलुङ नगरपालिका कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा पहेली थापा, सचिवमा पम्फा खड्का, सहसचिवमा शान्ति शर्मा र कोषाध्यक्षमा कमला खत्री रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *