१२२ एम्पुल लागुऔषध सहित चार पक्राउ


आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय सक्रियता देखाउन थालेको छ । जिल्ला प्रहरी कार्यालयले लागु औषध तथा जुवा तास नियन्त्रणका लागि सुक्ष्म योजना बनाएर अगाडी बढेको छ ।
प्रहरीले लगातार तीन दिनको अवधीमा १२२ एम्पुल लागुऔषध, ३७ हजार नगद सहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबारदेखि सोमबार सम्म १२२ थान एम्फूल लागुऔषध र ३७ हजार नगद सहित चार जनालाई फत्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीले बागलुङ बागलुङ नगरपालिका–९ तित्याङ घर भई बागलुङ बजारको रामरेखा स्थित कोठाबाट फेनारगन १४ एम्पुल, डाईजेपाम १४ एम्पुल र नुरफिन १३ एम्पुल गरी एकमुष्ट ४१ एम्पुल लागूऔषध सहित रोशन थापालाई पक्राउ गरिएको छ ।

यस्तै बागलुङ नगरपालिका–४ स्थित अभिनाश बोहोराले लुकाएर राखेको फेनारगन २७, डाईजेपाम २७ र नुरफिन २७ एम्पुल गरी एकमुष्ट ८१ एम्पुल लागु औषध सहित बाहोरालाई पक्राउ गरिएको छ ।

यस्तै बागलुङ नगरपालिका–१ कालिका मन्दिर गेटमा निमा लामा समेतका मानिसहरुले सम्बन्धित निकायको स्विकृत बिना लक्की सेभेन स्केल (डार्ट) खेल खेलाउनको लागि विभिन्न बोर्डहरु संकलन गरिराखेको अवस्थामा प्रहरीले उक्त खेल खेलाउनको लागि बसेका निमा लामा र मन बहादुर हर्मेललाई नगद ३७ हजार सहत पक्राउ गरेको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिनुभयो । प्रहरीले यस्तो खेललाई जुवा मान्दै आएको छ ।

प्रहरीले पछिल्लो समय जुवा तास खेलाउने गिरोह बागलुङमा बढिरहेको जनगुनासो बढिरहेकोले प्रहरीले सुक्ष्म रणनीति योजना बनाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो । प्रहरीले गत शुक्रबार अबैधरुपमा कालिगण्डकी नदिबाट नदिजन्य पदार्थको ढुवानी गर्ने चार ट्याक्टरलाई नियन्त्रणमा लिएर कार्वाहीका लागि बागलुङ नगरपालिकामा पठाइसकेको छ ।

हालैमात्र सरुवा भएर बागलुङ आउनुभएको प्रहरी प्रमुख ज्ञवालीले आफूले सान्ती सुरक्षामा कुनै कसूर बाँकी नराख्ने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *