रेश नुन्थला माविको वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ

रेश नुन्थला माध्यमिक विद्यालय रेश बागलुङको ६६ औं वार्षिकोत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले गुणस्तरीय शिक्षाका लागि नीजि विद्यालय धाउने अवस्थाको अन्त्य गर्न सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षाका लागि बराई सराई गरेर बजार जाने प्रवृतिको अन्त्य गर्ने गरी योजना बनाएर शिक्षाको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

No description available.

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले शिक्षाको गुणस्तर विकास गरी श्रम बजारमा बिक्ने जनशक्ति उत्पादनका लागि सबैको सहयोग र समन्वय आवश्यक हुने बताउनु भएको थियो ।

वार्र्षिकोत्सव मुल समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, काठेखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम बहादुर लामिछाने, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बर बहादुर लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल बहादुर कार्की, समाजसेवी प्रेम बहादुर कार्की, विद्यार्थी सोनु कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

No description available.

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षता, शिक्षक प्रकाश कुँवरको स्वागत र शिक्षक डिल बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओम बहादुर थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गरेको भन्दै काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

No description available.

यस्तै शिक्षक गंगा कुमारी कुँवर, विद्यार्थी बादल कार्की र अभिभावक पुजा कार्कीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयमा स्थापित लिलावती स्मृति अक्षयाकोष, नर बहादुर लामिछाने स्मृत अक्षयकोष, भिम बहादुर कार्की स्मृति अक्षयकोष, मोतिलाल कार्की स्मृति अक्षयकोष, चन्द्र प्रसाद गौतम स्मृत अध्यक्ष कोष, स्टार युथ क्लवकाे अक्षयकाेष, नरसिंह स्मृति अध्यक्षकोषबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो ।

No description available.

६६ औं वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर सदनात्मक भलिवल, छात्र छात्रा दौड, एकल नृत्य चम्चादौड, हाजिरीजवाफ, हिज्जे, शिक्षक दौड प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *