आदर्श अनलाइन, बागलुङ
नेपाल एमाले रेश गाउँ कमिटिले पूर्व जनप्रतिनिधि स्वर्गीय गीर बहादुर पुनको सम्झनामा सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेकपा एमालेबाट २०५४ सालको स्थानीय निर्वाचनमा साविक रेश गाविस वडा नं. २ को वडा अध्यक्षमा विजयी पुनको निधन भएको १३ औं दिनको पूण्य तिथि पारेर श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
गाउँको आर्थिक विकास, शिक्षा लगायत राजनीतिक तथा सामाजिक क्षेत्रमा पुनले पु¥याएको योगदान महत्वपूर्ण रहेको छ । उहाँले जीवनकालमा गरेका काम गाउँ र पार्टीका लागि सदैव स्मरणीय रहने श्रद्धाञ्जली सभाका वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, जिल्ला सचिवालय सदस्य तथा वडा अध्यक्ष प्रेम लामिछाने, एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पार्टीको तर्फबाट स्वर्गीय पुनका छोराहरु मन बहादुर पुन र होम बहादुर पुनलाई श्रद्धाञ्जली वक्तत्व प्रदान गरिएको थियो ।
परिवारका तर्फबाट छोरा मन बहादुर पुनले स्वर्गीय बुवाको योगदानको कदर गर्दै पार्टीले श्रद्धाञ्जली सभा गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम नेकपा एमाले रेश गाउँ कमिटिका अध्यक्ष भुमिराज गौतमको अध्यक्षता र सचिव रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।