आदर्श अनलाइन, चितवन
गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार सहुलियत पाउने पाएका छन् । नेपाल सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँले खर्च भईसकेपछि गण्डकी प्रदेशका महिलाहरुले यो सुविधा लिन पाउने डा. देजकुमार गौतमको भनाइ छ ।
गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउनेछन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरुले यो सुविधा लिन पाउने डा। गौतमले बताए ।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले गण्डकी प्रदेश सरकारको चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको बताए ।
देश सरकारले यसका कार्यक्रमका लागि ५० लाख रकम छुट्टाएको छ । चालु आर्थिक वर्षको बाँकी ४ महिनाको अवधिको प्रगति र अवस्था हेरेर यसलाई विस्तार गर्दै थप रोग र पुरुषहरुका लागिसमेत उपचारमा सहयोग गर्ने योजना रहेको मन्त्रालयका सचिव डा। श्रीराम तिवारीले बताए । उपचारमा आउँदा वडाको सिफारिस ल्याउनुपर्ने डा. तिवारीले बताए ।