जिल्ला सहकारी संघ दोलखा र बागलुङबीच अन्तरक्रिया

साधना पन्त, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड दोलखा र जिल्ला सहकारी संघ बागलुङबीच शुक्रवार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अध्ययन अवलोकनका लागि बागलुङ आएको दोलखा संघका पदाधिकारी तथा सदस्यहरु र जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरुबीच छलफल भएको हो ।
सहकारी संघहरुले गरेका असल अभ्यासहरुका बारेमा जानकारी गराउनुका साथै एकले गरेका काम अर्को संघले अनुकरण गर्नुका साथै अन्यत्र समेत जानकारी गराउन सहज हुने सो अवसरमा बताइएको थियो ।

No description available.

जिल्ला सहकारी संघ दोलखाका तर्फबाट अध्यक्ष हेमन्त चौलागाईले संघले गरेका काम, भावी योजना र दोलखाको सहकारी अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।
संघले सदस्य संस्थाहरुको संस्थागत विकास, संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास लगायत सहकारी अभियानको प्रवद्र्धनका लागि निरन्तर रुपमा काम गर्दै आएको र सहकारीको साख बढाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले जानकारी गराउनु भएको थियो ।
सहकारी अभियानले सञ्चालन गरेका कार्यक्रमहरुले देशको आन्तरिक पर्यटनमा समेत योगदान गरेको चौलागाईको भनाइ थियो ।

No description available.

चौलागाइले फागुन १८ गतेबाट दोलखाबाट पश्चिमका सहकारीहरुको अवलोकन भमण गर्दै बागलुङ सम्म आएको बताउनु भयो । उहाँले सहकारीले गरेका सकारात्मक कामहरुलाई लिएर दोलखाका सहकारीमा कार्यान्वयन गर्ने र पर्यटन प्रवद्र्धनमा केही सहयोग गर्ने उदेश्यका साथ सहकारी संघले भमण गरेको बताउनु भयो ।

जिल्ला सहकारी संघ बागलुङले सचालन गरेका कार्यक्रम, योजना तथा समन्वयका बारेमा संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी गराउनु भएको थियो ।

जिल्ला सहकारी संघ बागलुङले सहकारीहरुको प्रवद्र्धन लगायत समुदायमा सहकारी अभियानप्रति सकारात्मक धारणा सिर्जना गर्न निरन्तर काम गर्दै आएको उहाँले बताउनुभयो ।
जिल्ला सहकारी संघले रणनीतिक योजना बनाएर आफ्ना गतिविधि अगाडि बढाएको जानकारी गराउदै अध्यक्ष जिसीले बागलुङ जिल्लाका १० वटै पालिकामा सञ्चालित सहकारीहरुको अवस्था झल्कने गरी प्रोफाइल प्रकाशन गर्न लागिएको जानकारी गराउनु भयो ।

No description available.

भेटघाट कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीकर्मीहरुबीचको अन्तरक्रियाले सहकारीको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै सहकारी पर्यटनको विकासमा समेत योगदान पुग्ने धारणा राख्नु भएको थियो ।

धौलागिरी क्षेत्रमा सहकारी अभियानको प्रवद्र्धनका लागि जिल्ला सहकारी संघ बागलुङले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा थप व्यवस्थित गराउनका लागि संघलाई सुझाव दिनु भएको थियो ।

दुवै जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरु र प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ बागलुङका कोषाध्यक्ष लक्ष्मण पुन र सञ्चालन संघका सञ्चालक जगन्नाथ सापकोटाले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *