महिलालाई ३३ प्रतिशतका नाममा उपको स्थान दिइयो–शर्मा

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले संविधान र कानुनमा जतिनै अधिकार र समानताका कुरा भए पनि नागरिकको सोच परिर्वतन नभएसम्म महिलाहरु अपहेलित र अधिकारविहीन हुनु परेको बताउनुभयो ।

शुक्रबार बागलुङमा आयोजित नारी जागरण कार्यक्रममा बोल्दै उपसभामुखले शर्माले महिलालाई ३३ प्रतिशत अधिकार दिने भन्ने नाउमा हरेक पार्टीले स्थानीय तहमा उपको स्थान दिएता पनि अहिलेसम्म महिलाहरुपछिनै परेको बताउनु हुन्छ । आउदै गरेको स्थानीय तहको निवार्चनमा महिलाहरु नेतृत्वमा आउनका लागि हरेक पार्टीले महिलालाई टिकट दिनको लागि सम्पुर्ण महिलाहरु लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनकुमारी केसीले महिलाहरुले संघर्ष, त्याग बलिदान गरेर नेतृत्वमा पुगेता पनि अहिलेपनि सम्मान भने नपाएको बताउनुभयो । वर्तमान समयमा पनि महिलाको हक अधिकारको चर्का भाषण हुने तर देशका ठूला पार्टीमा नेतृत्व पाउनका लागि महिलाहरुले आफ्नै पार्टी भित्र अन्तरसंर्घष गर्नुपरेको केसी बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य सावित्री राना, बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, नेपाली कांग्रेस संघ गण्डकी प्रदेश सदस्य सकुन्तला शर्मा र अन्तर पार्टी महिला संजालका अध्यक्ष कुशुम बुढाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नारी जागण अभियान गण्डकी प्रदेशका अध्यक्ष अञ्जु केसीको अध्यक्षयता र भारीमाया विकको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *