ताराखोलामा जनमुखी न्यूज अनलाइन सुरु

आदर्श अनलाइन, बागलुङ
ताराखोला मीडिया प्रा.लिद्वारा सञ्चालित ‘जनमुखी न्यूज’ अनलाइन पत्रिकाको शनिबार औपचारीक रुपमा उद्घाटन गरिएको छ ।

अनलाईन उद्घाटन गर्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिको अनलाईन माफर्त निष्पक्ष र जनमुखि पत्रकारिता गर्नु पर्नेमा जोड दिए । उहाँले ताराखोला गाउँपालिका भित्र रहेका सम्भावनाका विषयलाई उजागर गर्नु पर्ने बताउँदै पत्रकारितालाई जनमुखी र जनउत्तरदायी बनाउनु पर्नेमा जोड दिनुभयो ।

No description available.

ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बिकले अनलाइन पत्रिका पछिल्लो समयमा सरल र प्रभावशाली सञ्चार माध्यम रहेको उल्लेख गर्दै थप व्यवस्थित गर्नु पर्नेमा बताउनु भयो ।

नेपाल पत्रकार महासँघ बागलुङका सचिव विजय रानाले जिल्लामा रहेका सञ्चार माध्यमको बारेमा जानकारी गराउँदै सञ्चारकर्मी सहित सञ्चार माध्यमलाई सबल बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका अध्यक्ष दिवस खत्रीले अनलाईन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

ताराखोला मीडिया प्रालिका अध्यक्ष संगम घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यकारी सम्पादक पूर्ण भद्र निउरे र सञ्चालन सम्पादक खगेन्द्र बिकले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *