निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा गुरुङ

आदर्श अनलाइन, बागलुङ

निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा रामराज गुरुङ सर्वसम्मत चयन हुनु भएका छ । शनिवार बागलुङ बजारमा भएको पाचौं अधिवेशनले गुरुङको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र खड्का, उपाध्यक्षमा सन्दीप खड्का, अरुण शाक्य र मधुसुधन राजभण्डारी चयन भएका छन् भने सदस्यहरुमा दीपककुमार अदै, दुर्गाबहादुर खत्री, सुजन लामिछाने, लोकेन्द्रबहादुर केसी, संगम घर्ती मगर, दलबहादुर श्रीष राना, योगेन्द्र बहादुर भण्डारी, बिमलेश आचार्य, राजीन खड्का, ध्रुव खड्का, मनोज खड्का र सनी केसी चयन भएका छन् ।

त्यस्तै, आमन्त्रित सदस्यमा बुद्ध बोहरा, नरबहादुर केसी, कृष्णबहादुर केसी, सुरज खड्का र क्षेत्रबहादुर केसी चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै पूर्वकेन्द्रीय सदस्य प्रकाश आचार्यले निर्माण व्यवसायीका समस्यामा सबै एक भएर लाग्नुपर्नेमा बताउनु भयो । आचार्यले समस्याको चाङहरुका बीचमा राष्ट्र निर्माणका सहयोगी व्यवसायीहरुलाई राज्यले हेर्ने नजर फरक रहेको भन्दै सबै व्यवसायीलाई एउटै डोकोमा राखेर मुल्यांकन गर्न नहुने बताउनु भयो ।

कार्यक्रममा पाचौं अधिवेशनका संयोजक कुमार खड्का, संस्थापक अध्यक्ष जयचन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, रामराज गुरुङको स्वागत, भुपेन्द्र खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *