फेवा र ब्रम्हपुरीकाे अन्तक्रिया

साधना पन्त, पोखरा
फेवा बचत तथा ऋण सहकारी संस्था पोखरा र ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्था ललितपुर बिच अन्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा दुवै सहकारीका संचालक समिति, लेखा समिति, उपसमिति र कर्मचारी हरुबिर संस्थाका गतिविधी र अनुभव साटासाटसंगै आगामी योजनाको बारेमा छलफल गरिएको फेवा बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक जगन तिमिल्सिनाले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका अधयक्ष राम शरण घिमिरे सहकारीले सदै सदस्यमुखी कार्यक्रमहरु ल्याउनु पर्नेकुरामा जोड दिनुभयो । उहाँले अहिलेसम्म आफ्नो सहकारीले सदस्यको अवस्थालाई मध्यनजर गरेर सेवा प्रर्दान गरेको बताउनुभयो । अहिले ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका संचालक, कर्मचारीहरु भएर सहकारी अवलोकन भ्रमणको लागि हिँडेको र सहकारीहरुको अवलोकन गरेर राम्रो कुरालाई आफ्नो सहकारीमा पनि लाग्नु गर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेल, कोषाध्यक्ष शेरकाजी गुरुङ ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका सचिव दामोदर आचार्य र कोषध्यक्ष प्रदिप घिमिरेले अनुभव सुनाउनु भएको थियो ।

कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी पोखरा संस्थाका अध्यक्ष क्या चन्द्र प्रसाद गुरुङको अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *