लोकतान्त्रिक आदिवासी जनजाती महासंघ अधिवेशनको तयारीमा

आदर्श अनलाइन, बागलुङ
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ जिल्ला कमिटि बागलुङको प्रथम अधिवेशनको तयारी थालिएको छ । महासंघ बागलुङका अध्यक्ष वेदबहादुर छन्त्यालको अध्यक्षमा बागलुङमा सम्पन्न बैठकले चैत ११ गते बागलुङ बजारमा भव्य रुपमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशनमा सहभागी हुनका लागि बागलुङका ८५ वटा वडाबाट एक महिला र एक पुरुष गरी दुई जना र विभिन्न जातीय संघ संगठनबाट एक महिला र दुई पुरुष गरी तीन जना प्रतिनिधि हुने निर्णय गरिएको नेकपा (एमाले) बागलुङका जनजाती फाँट इन्चार्ज फरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य एवं जनजाती इच्चार्ज गोकुल घर्तीको प्रमुख आतिथ्यतामा हुने अधिवेशन सम्पन्न गर्नका लागि नरबहादुर थापाको संयोजकत्वमा अतिथि व्यवस्थापन समिति, डम्बर श्रीसको संयोजकत्वमा प्रचार प्रसार समिति, मनोज थापाको संयोजकत्वमा हल व्यवस्थापन समिति, फरेन्द्र थापाको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, गणेशबहादुर थापाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, गणेश थापाको संयोकजत्वमा खाजा व्यवस्थापन समिति र रेशम घर्तीको संयोजकत्वमा स्वयंसेकव व्यवस्थापन समिति गठन गरिएको इन्चार्ज थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *