म्याग्दीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु


फाइल फोटो

आदर्श अनलाइन, म्याग्दी
म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागिमा परी मृतक बोहराका भाई २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते हुनुभएको छ ।

सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार,मृतक बोहराका भाईको स्वास्थ्य अवस्था पनि गम्भिर रहेको छ । मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउन लागिएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, युवा क्लब,लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *