गुठी युनाईटेड क्लब जिल्ला लिगमा छनोट


रोहन जि.सी. बागलुङ
गुठी युनाईटेड क्लब जिल्ला लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको नकआउट चरणको अन्तिम खेलमा मंगलबार गुठी युनाइटेड क्लबले बलेवा युवा क्लबलाई पराजित गर्दै जिल्ला लिगको लागि छनोट भएको हो ।
मंगलबार भएको खेलमा गुठी युनाइटेड क्लबले बलेवा युवा क्लबलाई ३–० गोलको अन्तरले पराजित गरेको छ ।

जिल्ला लिगको छनौट प्रतियोगितामा गुठी युनाइटेडले पहिलो खेलमा अमर आदर्श क्लबलाई ४–१ अन्तरको गोलले पराजित गरेको थियो । दोस्रो खेलमा रामरेखा युवा क्लबसंग गुठीले सडनडेथमा ५–४ गोलअन्तरले पराजित बेहोरेको थियोे । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा दुवै क्लबबाट कुनै गोल नभएपछि खेल सडनडेथमा पुगेको थियो ।
अन्तिम एक टिमको छनोटका लागि भएको खेलमा बलेवा युवा क्लबलाई हराँउदै गुठी युनाइटेड क्लबले जिल्ला लिगको लागि स्थान पक्का गरेको छ ।

जिल्ला फुटबल लिगमा छनौट हुनका लागि नयाँ ७ टिम विच नकआउट चरणको खेल भएको थियो । जिल्ला लिगको लागि पहिलेनै लिग खेलेका ५ टिम छनोट भएको र नयाँ ७ टिमबाट ३ टिम छनोट भएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताउनुभयो । छनौट खेलमा सहभागी ७ टिमबाट ३ टिम छनोट हुनेमा रामरेखा युवा क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लब छनोट भएको छन् ।

बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिता फागुन २८ गते शनिबार देखि शुरु हुने जिल्ला फुटबल संघ बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *