महिला दिवसमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता


–आदर्श अनलाइन, बागलुङ

नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको महिला बिभागले ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अन्तर माबि स्तरीय शिक्षकहरुको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा बागलुङका ८ विद्यालयका शिक्षकहरुको सहभागी रहेको थियो । ८ टिम रहेको प्रतियोगितामा धौलागिरी बिरेन्द्र माबि प्रथम, बौडेचौर माबि दोस्रो र मालिका आधारभुत विद्यालय तेस्रो भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य साबित्रा रानाले समाज रुपान्तरणमा बिद्यार्थी र शिक्षक दुवैको भुमिका महत्वपुर्ण हुने भएकाले जिम्मेवारीपुर्वक अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सबै बिद्यालय महिला मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा जिल्ला शिक्षा तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गंगा शर्मा, बानपा ९ का वडा अध्यक्ष गणेश थापा, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व केन्द्रिय सदस्य टिकाराम सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष तथा महिला बिभाग प्रमुख ईन्द्रा खड्काको अध्यक्षता र संगठनका सह–कोषाध्यक्ष शान्ति ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *