फेवा साकोसद्वारा नारी दिवसमा महिला सचेतना कार्यक्रम

साधना पन्त, पोखरा
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फेवा बचत तथा ऋणा सहकारीले महिला सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष क्या. चन्द्र बहादुर गुरुङले सहकारीले महिललाई प्राथामिकतामा राखेर काम गरेको बताउनुभयो । पछिल्लो समय अधिकांश महिलाहरु सहकारीमा आवद्ध भएकाले महिललाई आर्थिक सामाजीक रुपमा बलियो बनाउनका लागि सहकारीले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो ।

सहकारीले महिललाई आर्थिक रुपमा सवल बनाउनका लागि फेवा सहकारीले समय समयमा विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षक कविता दाहालले २१ औ शताब्दीमा पनि अधिकांश महिलाहरु भान्छामै समिति भएको भन्दै अब भान्छामा समिति हुन नहुने बताउनुभयो । कार्यक्रममा अधिवक्ता जुना गुरुङले महिललाको हक अधिकार कानुनमा मात्र सिमीत नर्गन अनुरोध गर्दै महिललो आफ्नो अधिकार के हो भनेर जानकारी लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ सदस्य नन्दकुमारी गुरुङलाई सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले संस्थाको परिचय र संस्थाका संचालक महेश गुरुङ र भिमशेन कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम फेवा सहकारीका महिला उपसमितिका संयोजक किरण वैधको अध्यक्षता, उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठको स्वागत, सदस्य तिलु गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *