स्वास्थ्यचौकी र विद्यालयलाई फिल्टर वितरण

आदर्श अनलाइन, बागलुङ
बागलुङका दुई स्थानीय तहका विद्यालयमा स्वच्छ खानेपानी तथा सरसफाईको लागि फिल्टर बाल्टि वितरण गरिएको छ ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा वाइनटु वाटर नेपालले ८० वटा फिल्टर वाल्टी र फिल्टर राख्ने स्ट्याण्ड वितरण गरेको हो ।

संस्थाले ८० वटा फिल्टर सेट वितरणको लागि ६ लाख ९६ हजार रुपियाँ खर्च गरेको फिल्टर वितरणको स्थानीय व्यवस्थापक गुँहेली सञ्चार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले जानकारी दिनुभयो । प्रति फिल्टर बाल्टि र स्ट्याण्डको आठ हजार सात सय रुपियाँ लागत परेको उहाँले बताउनुभयो ।

संस्थाले सात वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाई र २५ वटा विद्यालयलाई फिल्टर वितरण गरेको थियो । स्वास्थ्य चौकीलाई एक र विद्यालयतर्फ प्राविमा विद्यार्थी संख्याको आधारमा एक–दुई तथा मावि तहमा न्युनतम चारदेखि सात वटासम्म प्रदान गरेको अध्यक्ष कार्कीको भनाई छ ।

विद्यालय तथा स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्न संस्थाले सहयोग गरेको हो । दुवै स्थानीय तहका सिमित विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

संस्थाले कोभिड–१९ को पहिलो बर्ष पछि काठेखोला गाउँपालिकमा स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको थियो । सामाग्री हस्तान्तरण पछि बोल्दै काठेखोला गाउँपालिकका अध्यक्ष अमरबहादुर थापाले कोभिड–१९ ले व्यक्तिगत सरसफाई शिक्षालाई व्यापाक बनाएको उल्लेख गर्दै त्यसलाई नियमित गर्नुपर्नेमा जोडदिनुभयो ।

स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा सामाजिक संघ संस्थाले खेलेको भुमिमा उल्लेख्य रहेको बताउदै अध्यक्ष थापाले व्यक्तिगत आनीबानी सुधारमा पनि संस्थाहरुले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *