‘सहकारीमा महिला सहभागिता बढाउन सहकारी शिक्षामा जोड दिऔँ’

आदर्श अनलाइन, पोखरा
सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि देशव्यापी रुपमा सहकारी शिक्षा तथा सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर राष्ट्रिय सहकारी बैंक तालचोक शाखाले बिहीवार पोखरामा आयोजना गरेको सहकारी महिला र युवाको गुणस्तरीय सहभागिता विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

सहकारीका सदस्यहरुमा महिलाको संख्या अत्यधिक बढी छ, तर नेतृत्वमा कम छ, कर्मचारीको संख्या महिलाको बढी छ तर व्यवस्थापन प्रमुखको भूमिकामा महिला कम छन्, महिलाको सहभागिता जस्तै गुणस्तरीय र अर्थपूर्ण सहभागिताका लागि सबैको ध्यान जानु पर्नेमा सहभागीहरुको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले समाजका हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि शिक्षा, सचेतनासंगै आर्थिक क्षेत्रमा पहुच वृद्धि गर्नु पर्ने बताउनु भयो ।

सहकारी समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम हो, यो अभियानमार्फत महिलालाई आर्थिक रुपमा सक्षम बनाउदै सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रभावकारी भूमिका निभाउन सक्ने बताउनु पर्नेमा उहाँको जोड थियो ।

सहकारी ऐनले सहकारी क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य गरेको छ, तर अझै पनि सहकारीको नेतृत्वमा महिलाको सहभागिता कमजोर रहेको छ, जिसीले भन्नुभयो–सहभागिता मात्रै पनि होइन सहकारीको प्रवद्र्धनका लागि महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेले सहकारीमा महिला र युवाको सहभागिताका विषयमा सहजीकरण गर्नु भएको थियो ।

तालचोक शाखा अन्तरगत बैंकका सदस्य सहकारी संस्थामा कार्यरत महिला कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत बैंकका कर्मचारी आयुषा भुषालले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *