आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधन प्रति दुःख व्यक्त गर्दै श्राद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
संस्थाका शेयर सदस्य बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी ढालेन्द्र क्षेत्रीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । क्षेत्रीको १० औं दिनको पुण्यतिथी पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका कर्मचारी सुरज किसान, लक्ष्मी शर्मा लगायतले घरमै पुगेर शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद २० हजार रुपैयाँ स्वर्गीय क्षेत्रीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।