एमालेको विकल्प अन्य बामपन्थी शक्तिहरु हुनै सक्दैन : सापकोटा

रोहन जि.सी, बागलुङ
नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटाले संसदीय राजनीतिमा एमालेको विकल्प अन्य बामपन्थी शक्तिहरु हुनै नसक्ने बताउनु भएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशले आयोजना गरेको दुई दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले बामपन्थी नामका साना–साना चुलाको अब आवश्यकता नभएको बताउनुभयो ।

‘संसदीय राजनीति मान्ने बामपन्थी शक्तिहरु सबै अब एमालेको झण्डामुनी गोलबन्द हुनुको विकल्प छैन,’ सापकोटाले भन्नुभयो ‘एमालेको जस्तै नीति सिद्धान्त लिएर हिड्ने अन्य बामपन्थी दलहरुको भविष्य अन्योलग्रस्त छ ।’

गण्डकी प्रदेश सांसद समेत रहनु भएका सापकोटाले स–साना सबै कम्युनिस्ट भनिने दलहरु एमालेको बहुदलिय जनवादको मार्गदर्शनमा गोलवन्द हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, गण्डकी प्रदेश कमिटिका सदस्य हुमा कुमारी जि.सी (अञ्जु), जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाँउपालिकाका अध्यक्ष अमर बहादुर थापा, सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेम लामिछाने, जिल्ला कमिटी सदस्य तथा काठेखोला गाउँकार्यपालिका सदस्य चित्रकला थापा (शारदा), नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्की, पुर्व जिल्ला सचिवालय सदस्य हरि कँुवर, नेकपा एमाले रेशका पूर्व अध्यक्ष कृष्ण कार्की, रेश नुन्थला माविका पूर्व प्रधानाध्यापक ओम प्रसाद थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रम फागुन २७ गते रेशको रामपासा र फागुन २८ गते रेशको तिङरिङमा आयोजना गरिएको एमाले रेशका सचिव रामचन्द्र गौतमले जानकारी दिनुभयो । कार्यक्रम नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका अध्यक्ष भुमिराज शर्माको अध्यक्षता, उपसचिव उजेली शर्माको स्वागत र सचिव रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *