आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियान शुक्रबार बागलुङ नगरपालिका–७ तितौरे, काठेखोला गाउँपालिका–८ लेखानीमा सम्पन्न भएको छ । तितौरेमा संचालन भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले काँग्रेस जनताको रोजाईको पार्टी भएका कारण आगामी स्थानिय तहमा पनि जनताले काँग्रेसलाई राज्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले जनताले गाउँघरमा सिंहदरबारको अनुभूति गर्नका निम्ति काँग्रेसको पक्षमा जनमत आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति दिपेन्द्र बहादुर थापा पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, डा रामबहादुर केसी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको विषयवस्तुका बारेमा कार्यक्रमका संयोजक एवं जिल्ला सदस्य जगन्नाथ आचार्यले जानकारी गराउनु भएको थियो । सोही कार्यक्रममा विभिन्न राजनीति दलको सदस्या छाडेर १५ जनाभन्दा बढि काँग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बानपा ७ का सभापति शशिधर उपाध्यायको अध्यक्षता, सचिव दिलिप गौतमको संचालनमा सम्पन्न भएको थियो ।
काँग्रेसले संचालन गरेको अभियान शुक्रबार नै जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी सम्पन्न भएको छ । अभियानको क्रममा स्थानीय जनतासँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पूर्व सभापति एवं पूर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेलले अबको निर्वाचन सबै काँग्रेसको पक्षमा आउने बताउनुभयो ।
उहाँले गाउँ गाउँ टोल टोल सम्म काँग्रेसको जनलहर आएका कारण गाउँ नगरपालिकाले काँग्रेसले नेतृत्व स्थापित गर्ने बताउनभयो । कार्यक्रममा काँग्रेसका जिल्ला सहसचिव ज्ञानु श्रीष शर्मा, जिल्ला सदस्य श्रीधर कंडेल, नरमायाँ थापा, लक्षुमाया पुन महाधिवेशन प्रतिनिधि राजु थापा, काँग्रेस क्षेत्र नम्बर १ प्रदेश (क) का सचिव सूर्यप्रसाद कंडेल, पुर्व गाविस अध्यक्ष दिलबहादुर छन्त्याल, तरुणदल लेखानीका अध्यक्ष मदन श्रीष क्षेत्रीय प्रतिनिधि यमलाल कंडेल लगायतले बोलेका थिए ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रदेश महाधिवेशन प्रतिनिधि नरेश कंडेलले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य र विषयवस्तुका बारेमा जिल्ला सदस्य गोविन्द प्रसाद शर्मा कंडेलले स्पष्ट पार्नु भएको थियो ।
अभियानकै क्रममा तुलसा श्रीषको सभापतित्वमा २५ सदस्यीय नेपाल महिला संघ लेखानी गठन गरिएको छ । समितिको उपसभापतिमा भुमीदेवी शर्मा निउरे, सचिवमा लक्ष्मी कंडेल, गिता विक सहसचिव जमुना कंडेल र कोषाध्यक्ष सनकुमारी विक रहेका छन् ।
अभियानकै क्रममा एन्जुला क्षेत्रीको अध्यक्षतमा ३५ सदस्यीय नेविसंघ लेखानी गठन गरिएको छ । उपाध्यक्ष गौरव श्रीष, सचिवमा सविना कंडेल, सहसचिवमा रेजिना पुन र कोषाध्यक्षमा इरा पुन रहेको धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनिष थापाले जानकारी दिनुभयो ।
कार्यक्रम लेखानीका सभापति सोमबहादुर रोकाको अध्यक्षता, उपसभापति लक्ष्मी प्रसाद कंडेलको स्वागत र सचिव चन्द्रकुमार पुनको संचालनमा सम्पन्न भएको थियो ।