जनसांस्कृतिक महासंघ बागलुङको अध्यक्षमा खड्का

रोहन जि सी, बागलुङ
नेकपा एमाले निकट जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बागलुङ जिल्लाको भेला शनिबार सम्पन्न भएको छ । भेलाले सुमन खड्काको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा हिरा परियार र सुनिता विक, सचिवमा शितल भुषाल, कोषाध्यक्षमा मुना कार्की, सह सचिवमा घनश्याम कंडेल र सह कोषाध्यक्षमा सीता कार्की निर्वाचित हुनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज गोविन्दबहादुर नेपालीले एमालेको जस्तै नीति सिद्धान्त लिएर हिड्ने अन्य दल नभएका दाबी गर्नुभयो ।

नेपालीले देशमा अब पाँच दलका गठबन्धनको स्थिरता नभएको र गठबन्धनसंग एमालेको जीतका लागि कुनै पनि विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, गण्डकी प्रदेश कमिटिका सदस्य गीता शर्मा, हुमा कुमारी जि.सी (अञ्जु), जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य भरत बागलुङ्गे, राजेन्द्र सापकोटा, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सरस्वती खड्का परियार, जिल्ला कमिटी सदस्य तथा सांंस्कृतिक विभाग प्रमुख शिव शर्मा, जिल्ला कमिटी सदस्य तथा सांंस्कृतिक फाँट इन्चार्ज रेणु केसी, जिल्ला कमिटी सदस्य बालकृष्ण शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बागलुङ जिल्ला कमिटिका अध्यक्ष पूर्ण परियारको अध्यक्षता, नेकपा एमालेका जिल्ला सदस्य रेणु केसी हमालको स्वागत र नेकपा एमालेका जिल्ला सदस्य शिव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *