प्रेस चौतारीको अध्यक्षमा पुनः बस्नेत, यी हुन् पदाधिकारी

आदर्श अनलाइन, पोखरा
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेतलाई चयन गरिएको छ । पोखरामा जारी नवौं महाधिवेशनबाट बस्नेतलाई अध्यक्षमा पुनः निर्विरोध निरन्तरता दिइएको हो । यसअघि २०७३ सालमा बस्नेत सर्वसम्मत अध्यक्षमा चुनिएका थिए ।

अध्यक्ष मण्डलले अध्यक्षमा बस्नेतसहित सबै पदाधिकारी, सदस्यहरु, आयोग पदाधिकारीको नाम टुंगाएको हो । निर्वाचन समितिले आइतबार विहान ८ बजेपछि मात्रै नामहरु औपचारिक घोषणा गर्नेछ ।

उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती चयन भएका छन् । महासचिवमा हिरामान लामा चुनिए । उपमहासचिव शुरोजंग पाण्डे र राजु सुवेदी बने । कोषाध्यक्षमा ईन्द्र आचार्य दोहोरिएका छन् ।

सचिवमा विक्रम लुईंटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् । सुष्मा गण्डकी प्रदेशबाट सचिवमा चयन भएकी हुन् ।

पदाधिकारी हैसियतको आयोगहरुको अध्यक्षमा अनुशासनतर्फ नवराज महतारा, लेखामा सटेन्द्र जवेगु र निर्वाचन आयोगमा गणेश खनाल चयन भएका छन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा माधव बराल, भीमलाल श्रेष्ठ, हिमलाल पराजुली, तारानाथ आचार्य, प्रकाश पौडेल, हिमालदेव पंगेनी, जमुना वर्षा शर्मा, कविता श्रेष्ठ र बेलिना थापा चयन भए । माधव, जमुना र कविता कास्कीका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *