आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले पाडापाडी संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले पाडापाडी संरक्षण गर्नका लागि किसानलाई प्रोत्साहन गर्न थालेको छ । अन्य क्षेत्रमा अनुदान दिदै आएको नगरपालिकाले पाडापाडी संरक्षण बिना दूधको उतपादनमा वृपद्धि नहुँने भन्दे पाडापाडी स.रक्षण्मा लागेका किसानहरुलाई अनुदान दिन थालेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा १४ र एक सहकारीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । यो संगै चालु आर्थिक वर्षमा नगरपालिका अन्र्तगत पशु, पंक्षी तथा माछा पालन गरिरहेका बागलुङका २ सय ३६ जना किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशु, पंक्षी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २ सय ३५ जना किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलव्ध बागलुङ नगरपालिकाले जनाएको छ ।
दूध तथा मासुको उत्पादन बढाउनका लागी पाडापाडी संरक्षण कार्यक्रम अन्तरगत १४ जना किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलव्ध गराईएको छ । अनुदान पाउने एक मात्रै सहकारी वडा नं. ११ को जैविक कृषि सहकारी हो । प्रति पाडा पाडी १० हजार दरले किसानलाई अनुदान उपलव्ध गराइएको हो नगरपालिकाका पशु शाखाका प्रमुख शशीधर शर्माले जानकारी दिनुभयो । श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेकाले अनुदान दिएको शर्माको भनाई छ ।
त्यस्तै मासुकै उत्पादनको लागि १ सय जना किसानले अनुदान पाएका छन् । प्रति बाख्रा ६ हजारका दरले किसानले अनुदान पाएका हुन् । कुखुरा पालन गरेर खर्च चलाइरहेका ४२ जना किसानले ४ हजार ३ सय रुपैयाँका दरले अनुदान रकम पाएको छ । बंगुर पालन गरेका ३६ जना किसानहरुलाई ६ हजारका दरले अनुदान रकम उपलव्ध गराइएको छ ।
माछा पालनमा सहभागि किसानहरुले प्रति पोखरी पुरानोले मर्मत खर्च १० हजार र नयाँ पोखरीका लागि २५ हजारका दरले अनुदान पाएका छन् । ४३ वटा माछा पोखरीका लागि अनुदान उपलव्ध गराईएको नगरपालिकाको पशु शाखाले जनाएको छ ।
बागलुङ नगरपालिकाको १० लाख र नेपाल सरकारको थप १५ लाख गरी नगरले एकैपटक २५ लाख किसानका अनुदानमा खर्चेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।