पानीको मूल्य एकैपटक १५ रुपैयाँ बढेपछि व्यवसायी आन्दोलित

आदर्श अनलाइन, पोखरा
जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ ।

यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ । विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन् । पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो । नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताउनुभयाे ।

संघले मूल्यवृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ । ‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो तर सरासर सिण्डिकेट भयो,’ उहाँले भन्नुभयाे, ‘आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु ? ।’ बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *